शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीमा नयाँ उत्साह पैदा हुँदैछ : ओम शर्मा

शनिबार, ०४ मङ्सिर २०७८, १९ : ५८
शनिबार, ०४ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्र काठमाडौं महानगरपालिका वडा नम्बर १० को अधिवेशन सम्पन्न भएको छ । शनिबार नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनलाई सम्बोधन गर्दै शर्माले माओवादीमा ८ लाखभन्दा बढी संगठित सदस्य भइसकेको भन्दै पार्टीमा पैदा भएको आकर्षणले नयाँ उत्साह पैदा भएको बताए ।

‘अहिले माओवादीमा नयाँ रक्तसञ्चार प्रवाह भएको छ । यसले माओवादीप्रति आस्था राख्नेहरूमा उत्साह पैदा भएको छ’, शर्माले भने, ‘जसरी रक्तसञ्चार भइरहे मान्छे जिवित हुन्छ, त्यसैगरी माओवादीमा पैदा भएको नयाँ रक्तसञ्चारले पार्टीलाई जिवन्त बनाउँछ ।’

उनले १० नम्बर वडामा पर्ने काठमाडौं क्षेत्र नम्बर १ धेरै कुराले महत्त्वपूर्ण रहेको पनि बताए । ‘१ नम्बर क्षेत्र शिक्षित र उद्योगपति बस्ने क्षेत्र हो । ठूला आन्दोलनको केन्द्र पनि यही क्षेत्र हो’, शर्माले भने, ‘यो क्षेत्रका कतिपय ठाउँमा अझैपनि आशातीत विकासका काम हुन नसकेको प्रति सरकारले विशेष ध्यान दिन जरुरी छ ।’ 

अधिवेशनको उद्घाटनका क्रममा नेताहरु अनिल शर्मा, पार्वती अधिकारी लगायतले पनि सम्बोधन गरेका थिए ।  यसैबीच अधिवेशनबाट देवेन्द्रकुमार देउजाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा राजु ज्ञवाली, सचिवमा शाकार शर्मा, सहसविचमा भुला देवकोटा, कोषाध्यक्ष निधिष सापकोटालगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप