शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रदेशसभाको निर्वाचन : दैलेखमा को–को भए विजयी ?

शनिबार, ०४ मङ्सिर २०७८, १९ : ५०
शनिबार, ०४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेखका चारैवटा प्रदेशसभाको निर्वाचन सकिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पकड रहेको दैलेखमा यो पटक भने संस्थापन पक्ष पनि अग्रसर नै देखिएको छ ।  
प्रदेशसभाको निर्वाचनको तीनवटा ठाउँको परिणाम आइपुग्दा २ ठाउँमा पौडेल पक्ष अगाडि देखिएको छ भने देउवा पक्षले एक ठाउँमा जितेको छ । 

पार्टी सभापति कृष्णकुमार बिसीले रातोपाटीलाई दिएको जानकारीअनुसार निर्वाचन क्षेत्र नं. १ को (क) र (ख) दुवैमा रामचन्द्र पौडेल समूहले जितेको छ ।  निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा बखत सापकोटाले १९४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी निराजन खत्रीले १७० मत प्राप्त गरेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं १ को (ख) अन्तर्गत पौडेल पक्षका भदे बुढामगर विजयी भएका छन् । नौमुले गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले ३१७ मतसहित विजयी भएका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं. २ (क) बाट टंक रिमाल २०८ मत प्राप्त गर्दैै विजयी भएका छन् । रिमाल निर्वाचन क्षेत्र नं.–२ को मुकाम दुल्लुका हुन् ।

उनी जित्नुमा दुल्लु नगरपालिकाका मेयर समेत रहेका घनश्याम भण्डारीको ठुलो हात रहेको छ । किनकी भण्डारी संस्थापन पक्षबाट पार्टी सभापतिका दावेदार हुन् । उनले यसअघि पालिकाको सभापतिमा पनि आफ्नै पक्षका व्यक्तिलाई अगाडि ल्याउन सफल भएका थिए । 

यस्तै निर्वाचन क्षेत्र नं.– २ (ख)को भने मत परिणाम सकिएको छैन । त्यहाँ देउवा पक्षबाट आठबीस नगरपालिकका खगेन्द्रबहादुर शाही र पौडेल पक्षबाट ठाटीकाँध गाउँपालिकाका लबबहादुर शाहीबीच भिडन्त छ । १५९ मत गन्दा देउवा पक्षका शाहीले ९९ मत प्राप्त गरेका छन् भने पौडेल पक्षका शाहीले ५८ मत प्राप्त गरेका छन् । यसमा पौडेल पक्षका शाही कमजोर देखिएका छन् । किनकी उनी भर्खर शिक्षक पेशाबाट राजनीतिमा होमिएका हुन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप