शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा अध्यक्ष कमल थापालाई एमाले महाधिवेशनमा निम्तो

शनिबार, ०४ मङ्सिर २०७८, १९ : १७
शनिबार, ०४ मङ्सिर २०७८

नेकपा एमालेले राप्रपा अध्यक्ष कमल थापालाई मंसिर १० गते चितवनमा हुने महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्न निम्तो दिएको छ । राप्रपा अध्यक्ष थापालाई एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले आज पार्टी केन्द्रीय कार्यालयमा भेट गरि अध्यक्ष थापालाई  बुझाएका छन् । 

राप्रपा आफैं पनि महाधिवेशनको अन्तिम तयारीमा रहेको भएतापनि नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको राप्रपा प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप