ड्रग्स मामिलामा बम्बे हाईकोर्टको फैसला : आर्यन खानविरुद्ध प्रमाण पुगेन
शाहरुख खानका छोरा आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा बम्बे हाईकोर्टले शनिबार बिस्तृत फैसलाको कपी जारी गरेको छ । ‘प्रथम दृष्टया आरोपीहरुविरुद्ध त्यस्तो कुनै प्रमाण मिलेन, जसले यो विषय साबित गरोस् कि उनीहरुले ड्रग्ससँग सम्बन्धि कुनै अपराध गर्ने षड्यन्त्र गरेका थिए,’ फैसलामा उल्लेख छ ।
यसअघि आर्यन र उनका दुई साथीहरु जमानतमा रिहा भएका थिए । २८ अक्टुबरमा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्विकारेको थियो । त्यसैगरी आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अन्य तीन आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने षड्यन्त्र गरेको विषय त्यसमा पनि नदेखिएको अदालतले जनाएको छ ।
एनडिपिएस अधिनियमको धारा ६७ अन्तर्गत एनसिबीद्धारा दर्ज गरिएको आर्यन खानको बयानको प्रयोग केवल मामिलाको जाँचका लागि मात्रै गर्न सकिने पनि आदेशमा उल्लेख छ । तर, अभियुक्तहरूलाई एनडिपिएस अधिनियम अन्तर्गत अपराधी ठहर गर्ने अनुमान लगाउन वा साबित गर्नका लागि यस बयानको प्रयोग गर्न नसकिने पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी