ड्रग्स मामिलामा बम्बे हाईकोर्टको फैसला : आर्यन खानविरुद्ध प्रमाण पुगेन
शाहरुख खानका छोरा आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा बम्बे हाईकोर्टले शनिबार बिस्तृत फैसलाको कपी जारी गरेको छ । ‘प्रथम दृष्टया आरोपीहरुविरुद्ध त्यस्तो कुनै प्रमाण मिलेन, जसले यो विषय साबित गरोस् कि उनीहरुले ड्रग्ससँग सम्बन्धि कुनै अपराध गर्ने षड्यन्त्र गरेका थिए,’ फैसलामा उल्लेख छ ।
यसअघि आर्यन र उनका दुई साथीहरु जमानतमा रिहा भएका थिए । २८ अक्टुबरमा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्विकारेको थियो । त्यसैगरी आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अन्य तीन आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने षड्यन्त्र गरेको विषय त्यसमा पनि नदेखिएको अदालतले जनाएको छ ।
एनडिपिएस अधिनियमको धारा ६७ अन्तर्गत एनसिबीद्धारा दर्ज गरिएको आर्यन खानको बयानको प्रयोग केवल मामिलाको जाँचका लागि मात्रै गर्न सकिने पनि आदेशमा उल्लेख छ । तर, अभियुक्तहरूलाई एनडिपिएस अधिनियम अन्तर्गत अपराधी ठहर गर्ने अनुमान लगाउन वा साबित गर्नका लागि यस बयानको प्रयोग गर्न नसकिने पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण