शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चाँगुनारायणमा जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

शनिबार, ०४ मङ्सिर २०७८, १६ : ५२
शनिबार, ०४ मङ्सिर २०७८

३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना युवक पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता चाँगुनारायण नगरपालिका-६ नगरकोटबाट करिब ८ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ६५ वर्षीया ठुली माया मोक्तान लगायत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ  महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप