चोरीमा संलग्न भारतीयसहित भक्तपुरमा ४ जना पक्राउ
भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ बानेश्वर बस्ने भारत मोतिहारी घर भएका ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साह र काठमाडौँ महानगरपालिका-९ सिनामंगल बस्ने भारत हैदरावाद घर भएका २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।
उक्त उद्योगमा गत कात्तिक ३० गते राति चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा २ जना किशोरले उक्त चोरी गरेको सामान काठमाडौँ महानगरपालिका-९ सिनामंगलस्थित मुन्ना साहको कवाडी पसलमा बेचबिखन गरेको तथा नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रूपमा काम गरिरहेको खुल्न आएको छ । उनीहरूको साथबाट २९ केजी ५ सय ग्रामको ढलौटको करुवाको बैठक, ७४ केजी ढलौटको करुवाको मुख, ४७ केजी पानसको डण्डी र ४८ केजी कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ । उनीहरू उपर भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपसिकले प्रयोगकर्ताको डेटा चीन सरकार र सेनालाई पठाइरहेको छ : अमेरिका
-
अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन : गृहमन्त्री लेखक
-
९८ प्रकारका औषधीबारे धेरै ठाउँबाट गुनासो आएको छ : मन्त्री पौडेल
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?