सुनसरी एमालेबाट चुनिए ४२ महाधिवेशन प्रतिनिधि
नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि विवादबीच प्रतिनिधि चयन गरिएको हो ।
चितवनमा हुने पार्टीको १०औँ केन्द्रीय महाधिवेशनमा सुनसरीबाट ४२ जनाले प्रतिनिधित्व गर्ने छन् । जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानका अनुसार सुनसरी क्षेत्र नम्वर १ बाट खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरी ९ जना प्रतिनिधि चयन भएका छन् ।
खुल्लातर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट भएका छन् । यस्तै, महिलातर्फ वीणा खनाल, रुफिना गुरुङ (रार्ई) र लहरुमाया जिमी पनि प्रतिनिधि छनौट भएका छन् ।
यस्तै क्षेत्र नम्वर २ मा खुलातर्फ ८ जना र महिलातर्फ ३ जना प्रतिनिधिमा चयन भएका छन् । खुल्लामा खेमराज पोखरेल, रेवतीरमण भण्डारी, सर्वध्वज सावाँ, पोष्ट कुमार नेपाल, सरोज पोखरेल, परशुराम यादव, गुणराज काफ्ले रद्धारिकलाल चौधरी छन् । महिलातर्फ लक्ष्मी गौतम, अमृता सुब्बा निरा खनाल रहेका छन् ।
यसैगरी, क्षेत्र नम्वर ३ मा खुलातर्फ लिलम बस्नेत, भीम सुवेदी (सागर), भुवन पोखरेल, भूमिनारायण चौधरी, खड्गनारायण उराँव र रामदेव यादव प्रतिनिधिमा चयन भएका छन् । महिलातर्फ निर्मला काफ्ले, सुजला गुरुङ र दुर्गी सरदर रहेका छन् ।
निर्वाचन क्षेत्र नम्वर ४ मा खुलातर्फ निलम खनाल, बद्रीनाथ घिमिरे, कालूराम गुरुङ, ललितबहादुर थापा, लस्करी अन्सारी र अजय कुसियैत महाधिवेशनमा प्रतिनिधि चयन भएका छन् भने महिलातर्फ कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चयन भएकी छन् । यता, दलिततर्फबाट धनबहादुर विश्वकर्मा, सुमन मग्राती, पार्वता बराइली र लालबहादुर सेन्चुरी चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी