शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेपालमा अमेरिकन चेम्बर अफ कमर्शको स्थापना

शनिबार, ०४ मङ्सिर २०७८, १५ : १७
शनिबार, ०४ मङ्सिर २०७८

नेपालमा अमेरिकन चेम्बर अफ कमर्शको स्थापना भएको छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको उपस्थितिमा पहिलोपटक अमेरिकन चेम्बर अफ कमर्शको घोषणा गरेका हुन् । कार्यक्रममा अमेरिकी उप–सहायक विदेशमन्त्री केल्ली किडलरलिङको समेत सहभागिता थियो ।

अमेरिकन चेम्बर अफ कमर्श स्वैच्छिक र मुनाफारहित संस्था हो । जसले अमेरिकी लगानीमार्फत उत्पादनको प्रवद्र्धन गर्दै आर्थिक विकासमा योगदान पुर्याउने बताइएको छ । विश्वका अधिकांश देशमा रहेको अमेरिकी चेम्बरको शाखा नेपालमा भने अहिलेसम्म स्थापना भएको थिएन ।

१३ सदस्यीय कार्यसमिति भएको संस्थाको अध्यक्षमा लोटस होल्डिङका अजित शाह छन् । यस्तै, कार्यसमितिमा मेटलाईफका निर्मल श्रेष्ठ, मम्प्लिएन्स क्वेस्टका अतुल्य रिजाल, लिपफ्रग टेक्नोलोजीका कैलाश बायन्द छन् । यस्तै, फोर्ड डिष्ट्रिब्यूटरका आकाश गोल्छा र हायातका जयदिन श्रेष्ठ पनि कार्यसमितिमा अटाएका छन् ।

यसैगरी, फ्रस्ट एण्ड सुलिभानका मंगेशलाल श्रेष्ठ, क्याटरपिल डिष्ट्रिब्यूटरका अस्कर बतास, पठाओका असिममान सिंह ब्स्न्यात, डेल डिष्ट्रिब्यूटरका सञ्जय गोल्छा, कारखानाका साकार पुडासैनी र लेगल एड्भाइजरका सिमान्त दाहाल पनि कार्यसमितिमा अटाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप