रघुवीर महासेठले प्रतिनिधि छनौटमा मनोमानी गरेको भन्दै प्रदर्शन
नेकपा एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढङ्गले महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै असन्तुष्ट पक्षले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । शनिबार एमालेको प्रदेशका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा पूर्व मन्त्रीसमेत रहेका महासेठको विरुद्धमा जनकपुरधाममा नगर प्रदर्शन गर्दै नाराबाजीसहित प्रदर्शन गरिएको हो ।
एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा महासेठले गुटबन्दी गरेकाले उनीविरुद्धमा बाध्यतावश उत्रिनु परेको प्रमुख सचेतक साहले बताए । उनले नेता रघुवीर महासेठले गुटबन्दी गरेको र आसेपासे तथा नातागोतालाई मात्र छनौट गरेको आरोप लगाए ।
महासेठले एमालेका प्रमुख सचेतक किशोरी साह र माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतलाई बेवास्ता गरेको असन्तुष्ट पक्षहरूको भनाइ छ । जनकपुरधामको नगर परिक्रमा गर्दै नेकपा एमाले धनुषाको पार्टी कार्यालयमा गई प्रदर्शन सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की