बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ : मन्त्री पौडेल

शनिबार, ०४ मङ्सिर २०७८, १५ : ०२
शनिबार, ०४ मङ्सिर २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाए । बालबालिकालाई सक्षम नागरिक बनाउन सेतो गुराँसले महत्वपूर्ण योगदान गरेको भन्दै मन्त्री पौडेलले दीगो विकासका लक्ष्य हासिल गर्न तथा बालबालिकालाई सक्षम र सबल बनाउन मन्त्रालय सहकार्य गर्न तत्पर रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप