हरेक त्रैमासमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
शनिबार, ०४ मङ्सिर २०७८, १४ : ०३
नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने भएको छ । शुक्रबार घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेक्रममा राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । केन्द्रिय बैंकले घरजग्गाको मूल्यमा आउने उतार चढावलाई मापन गर्ने लक्ष्यसहित हरके त्रैमासमा मूल्य विवरण सार्वजनिक गर्ने तयारी रहेको बताएको छ ।
घरजग्गाको मूल्यमा आउने अस्वभाविक उतारचढावले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा यसको मापन गर्ने योजना बनेको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए । हाल राष्ट्र बैंकले सेयर बजार, थोक मूल्य, तलब, ज्यालादर लगायतका सूचक नियमित सार्वजनिक गर्दै आएको छ । अब यो सूचकको सूचीमा घरजग्गाको मूल्य पनि थपिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा