शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा र प्रचण्डलाई निम्तो छ, माधव नेपाललाई छैन : एमाले नेता तामाङ

शनिबार, ०४ मङ्सिर २०७८, १३ : ५७
शनिबार, ०४ मङ्सिर २०७८

नेकपा (एमाले)का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १० औं  महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइसकिएको बताएका छन् ।

नेता तामाङले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई महाधिवेशनमा निम्तो दिइए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने निम्ता नपठाइएको बताए । शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले भने, ‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्तो गरिएको र उनी आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाए । तर उनले दाहाल महाधिवेशनमा आउने विश्वास दिलाए । 

नेता तामाङले माधव नेपाल नेतृत्वको पार्टीलाई भने महाधिवेशनमा निम्ता नदिइएको बताए । उनले भने,  ‘माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं । हाम्रो यसमा प्रष्टै धारणा छ–माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ । अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ । माधव नेपालहरू पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ । हाल उहाँहरुलाई हाम्रो महाधिवेशनमा निम्तो गर्दैनौं ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप