शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमा बनेपछि नायिका प्रिति जिन्टा फिल्ममा फिर्ती

शनिबार, ०४ मङ्सिर २०७८, १३ : ४४
शनिबार, ०४ मङ्सिर २०७८

हालै बलिउड नायिकाको प्रिति जिन्टाको घरमा जुम्ल्याहा बच्चाको आगमन भएको छ । प्रितिका प्रशंसकले उनलाई आमा बनेकोमा बधाई दिइरहेका छन् । यसैबीच प्रितिका प्रशंसकका लागि खुसीको खबर छ । चार वर्षसम्म पर्दाबाट टाढा रहेकी उनी फिल्ममा फिर्ता हुँदैछिन् ।

फिल्ममा प्रितिको कमब्याकः

लामो ब्रेकपछि प्रिति दानिश रेन्जुको फिल्मबाट बलिउडमा फिर्ता हुँदैछिन् । फिल्मको नाम हाल फाइनल भएको छैन । फिल्मको कहानी कश्मिरमा आधारित छ । फिल्मको आधिकारिक रुपमा घोषणा भएको छैन । तर खबरलाई विश्वास गर्ने हो भने फिल्मको काम सुरु भइसकेको छ । टाइम्स अफ इन्डियाका अनुसार फिल्मको प्रि–प्रोडक्सन र कास्टिङमा काम चलिरहेको छ । यस्तै फिल्मको सुटिङ सन् २०२२ मा सुरु हुनेछ ।

 


पाइपलाइनमा छन् प्रोजेक्टः

प्रितिका थप २–३ वटा फिल्म पाइपलाइनमा भएको बताइन्छ । फिल्मबाहेक प्रिति अन्य प्रोजेक्टमा पनि समावेश छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप