शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीपी, गणेशमान र किसुनजीले देखेको सपना मैले पूरा गर्नसक्छु : प्रकाशमान सिंह

शनिबार, ०४ मङ्सिर २०७८, १३ : २३
शनिबार, ०४ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफेरो पुस्तक’को लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताए ।

‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नुभएको थियो । त्यो सपना तपाईंहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने । जनताका प्रतिनिधि भएपछि जस्तोसुकै अवस्था पनि फिट हुनसक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो ।

साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नुपर्ने बताए । बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप