शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा ८० अंकले बढ्यो नेप्से

शनिबार, ०४ मङ्सिर २०७८, १३ : ००
शनिबार, ०४ मङ्सिर २०७८

यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले बढेर बन्द भएको छ । साताका पाँच दिन नै कारोबार हुँदा परिसूचक दुई दिन गिरावट र तीन दिन उकालो लागेको थियो । आइतबार र बिहीबार घटेको नेप्से सोमबार, मंगलबार र बुधबार भने उच्च अंकले बढेको थियो ।

साताको पहिलो कारोबार दिन आइतबार परिसूचक १ अंकले घटेको थियो । त्यसपछि सोमबार २६ अंक, मंगलबार ६९ अंक र बुधबार १६ अंकले बजार बढेको थियो । लगातार तेस्रो दिनको वृद्धिसँगै परिसूचक २७ सय अंकबाट बढेर २८ सय १ अंकमा पुगेको थियो । यद्यपि, बिहीबार ३२ अंकले घटेसँगै परिसूचक फेरि २७ सय ६९ अंकमा छ । 

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २६ सय ९० अंकमा थियो । जुन, यो सातामा निरन्तर उकालो लाग्दै २७ सय ७० अंक नजिक पुगेको हो । यस्तै, यो नेप्से परिसूचकसँगै साता कारोबार रकम पनि उकालो लागेको छ ।

साताभरमा नेप्सेमा करिब २८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आइतबार ४ अर्ब ९ करोड, सोमबार ४ अर्ब ७३ करोड, मंगलबार ५ अर्ब ५२ करोड, बुधबार ७ अर्ब ३७ करोड र विहीबार ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप