मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

इलाममा काँग्रेस निर्वाचन : प्रदेश १ मा माया लिम्बु निर्वाचित

शनिबार, ०४ मङ्सिर २०७८, १२ : ३०
शनिबार, ०४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा अधिवेशनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै मैया प्रदेशसभा निर्वाचनमा जिल्लाकै एक्ली महिला सभापति बन्न सफल भएकी हुन् ।

लिम्बुले १२३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी पुनम गुरुङले १०४ मत पाए भने रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरेका छन् ।   उपसभापतिमा ज्ञानबहादुर राई र मोहनकुमार गुरुङ निर्वाचित भएका छन् । राईले १४४ र गुरुङले १२५ मत प्राप्त गरे । प्रतिस्पर्धी बासुदेव अधिकारीले ११० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन् ।

सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले १४५ र लेप्चाले १३९ मत प्राप्त गरे । सचिवमा पराजित बनेका तारा न्यौपानेले ११० मत, राम घिमिरेले १०२ मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरिन् ।

सहसचिवमा सीता घिसिङ र मखन गुरुङ निर्वाचित भए । घिसिङले २४४ र गुरुङले १४७ मत पाएका छन् । प्रतिस्पर्धी कृष्णबहादुर राईले १२७ मत पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप