माधव नेपाल जनकपुर आउँदै
शनिबार, ०४ मङ्सिर २०७८, १२ : ०२
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।
अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश(२ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए । ८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन तहकै सरकारलाई प्रभावकारी बनाउन ध्यान दिइएन : मन्त्री जोशी
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव
-
निर्माण सामग्री सम्बन्धी विधेयकमा झण्डै ४ सय संशोधन
-
सञ्चार संस्था र सञ्चारकर्मीलाई कसरी जोगाउने ?
-
राष्ट्र बैंकले पेन्सन कोषको २४ करोड ब्याजमा लगानी गर्ने
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने