रोटरी क्लबले आजाद आधारभूत विद्यालयलाई गर्यो सहयोग
शनिबार, ०४ मङ्सिर २०७८, ११ : ३९

दया फाउण्डेसनले सहयोग प्रदान गर्दै आएको काठमाडौं लगनस्थित सरकारी विद्यालय आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबले सहयोग उपलब्ध गराएको छ । २०७२ सालको भूकम्पले भौतिक संरचनाहरुमा क्षति पुर्याएका कारणले विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएको पाइएपछि रोटरीले सहयोग गरेको हो ।
‘रोटरी भूकम्प राहत कार्यक्रम’ अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरूको निर्माण सम्पन्न गरेको हो । साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरू समेत उपलब्ध गराएको छ ।
दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले यस विद्यालयको गुणस्तरीय शिक्षाको लागि फाउन्डेसनले पुर्याई रहेको सहयोगमा होस्टेमा हैँसे गरी रोटरी क्लबले विद्यालयलाई प्रदान गरेको सहयोग प्रशंसनीय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट