शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बन्यो ‘खल्ती’

शनिबार, ०४ मङ्सिर २०७८, ११ : २४
शनिबार, ०४ मङ्सिर २०७८

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् ।

कार्यक्रमसँगको सहकार्यपछि ‘खल्ती’ का सह–संस्थापक अमित अग्रवालले भने, ‘हामी ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणको लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं ।’

‘द भ्वाइस किड्स नेपाल’ लाई देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउँदै नेपालको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चको रुपमा अगाडि बढाउन सकिने उनको भनाई छ । ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज कार्यक्रम हो ।

जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक शो बाट सुरु भएको थियो । तीन सफल श्रृङ्खलाहरू लगत्तै ‘द भ्वाइस’ ले बालबालिकाहरूलाई केन्द्रित गरेर ‘द भ्वाइस किड्स नेपाल’ नामक नयाँ श्रृङ्खला सुरु गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप