आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अब खेल गतिविधिहरुलाई चलायमान बनाउनुपर्छ : मन्त्री अथक

शनिबार, ०४ मङ्सिर २०७८, ११ : १३
शनिबार, ०४ मङ्सिर २०७८

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलायमान गराउनुपर्ने समय आएको बताएका छन् । शनिबार नेपालगन्ज म्याराथनको उद्घाटन गर्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् । मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सूचीकृत गराउन पहल गर्ने बताए ।

उनले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेका बताए । म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताए । महानायक हमालले नेपालगञ्ज म्याराथनको विशेष समारोहमा सहभागी हुन आएको भन्दै खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप