सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस निर्वाचन : मतगणनास्थलमा विवाद, उम्मेदवारमाथि कुटपिट

शनिबार, ०४ मङ्सिर २०७८, १० : ४३
शनिबार, ०४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ । घटनामा हुँदा कम्तीमा ५ जना घाइते भएका छन्। गम्भीर घाइते भएका शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन् । पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।

मतगणना स्थलमा शेरबहादुर देउवा पक्षधर कार्यकर्ताले रामचन्द्र पौडेल पक्षधरमाथि आक्रमण गरेका आरोप लगाएका छन् । घाइते अन्यको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।

क्षेत्र नं ३ (क) को मतगणना स्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा मध्यराति मुख छोपेर आएका तरुण दलका केही युवाहरुले आक्रमण गरेको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप