मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु
शनिबार, ०४ मङ्सिर २०७८, १० : ०१
![मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
विराटनगरस्थित मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । विराटनगर–१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुनः समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए ।
शुक्रबार बेलुकादेखि उनको कान दुखिरहेको थियो । कानको दुखाई बढेर रक्तचाप समेत न्यून भएपछि परिवार बोलाएर बिहान १ बजे कोशी अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट उपचार गराएर बिहान ६ बजे उनलाई कारागार ल्याइएको थियो । तर, कारागार ल्याएपछि पुनः समस्या बढदै गएपछि अस्पताल लग्ने क्रममा शनिबार बिहान उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख पोखरेलले बताए । मोरङ कारागारमा एक साता अघि पनि एकजना कैदीबन्दीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)