शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलले सलमानलाई सोधे, ‘आफूमाथि किन खर्चिनुहुन्न ?’ दिए रोचक जवाफ

शनिबार, ०४ मङ्सिर २०७८, ०८ : ३९
शनिबार, ०४ मङ्सिर २०७८

कपिल शर्माको चर्चित कमेडी शोले प्रशंसकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । फिल्मी क्षेत्रका कलाकार आफ्नो फिल्मको प्रोमोशनका लागि यो शोको हिस्सा बन्ने गर्छन् । केही कलाकार त यो कार्यक्रममा धेरै पटक देखिइसकेका छन् । शाहरुख खान, सलमान खान, अजय देवगन र अक्षय कुमार थुप्रै पटक यो शोको हिस्सा बनिसकेका छन् । अब आफ्नो फिल्म अन्तिमको प्रोमोशनका लागि सलमान र आयुष शर्मा द कपिल शोको सेटमा पुगेका छन् । शोको प्रोमो भिडियो पनि सार्वजनिक भएको छ ।

कपिलको प्रश्नको सलमानले दिए रोचक जवाफ

कपिल शर्मा शोमा मनोरञ्जनका लागि कलाकारलाई विभिन्न रोचक प्रश्न सोध्ने गर्छन् । सलमान खान शोमा साइकल चढेर पुगेको देखिन्छन् । उनी सैबसँग फिल्मको गीत ‘भाइ का बड्डे’ मा नाच्छन् । शोको प्रोमो भिडियोको कुरा गर्ने हो भने कपिलले सलमानलाई ‘रिल लाइफमा १ बीएचके मा बस्नुहुन्छ तर के तपाईंले रियल लाइफमा पनि आफूमाथि खर्च गर्नुहुन्छ ?’ यसको जवाफ दिँदै सलमान भन्छन्, ‘सर तपाईं ती कुरामा खर्च गर्नुहुन्छ जुन चिज तपाईं गर्नुहुन्छ र म अब धेरै कुरा गर्दिनँ ।’ सलमानको यो कुराले धेरैलाई हसायो ।

अर्चनासँग सलमानको डान्सः

कार्यक्रममा सपोर्टिङ कास्टले पनि प्रशंसकलाई धेरै नै मनोरञ्जन दिएका छन् । किकू शारदा विभिन्न भूमिकामा देखिनेछन् जबकी कृष्णा अभिषेक सधैं धर्मेन्द्रको नक्कल गरिरहेको देखिन्छन् । शोमा सलमान र आयुषबाहेक नायिका महिमा मकवाना र महेश मांजरेकर पनि उपस्थित भएका छन् । सलमान खान शोमा अर्चना पुरण सिंहसँग नाचेको पनि देख्न पाइनेछ ।

नोभेम्बरको अन्तिममा रिलिज हुनेछ फिल्मः

​अन्ति द फाइनल ट्रुथको कुरा गर्ने हो भने फिल्म २७ नोभेम्बर, सन् २०२१ मा रिलिज हुने तयारीमा छ । फिल्मबारे अत्यधिक चर्चा भइरहेका ेछ । सलमान खान यो फिल्ममा सिख प्रहरीको भूमिकामा देखिनेछन् । यस्तै आयुष शर्मा यसमा नेगेटिभ शेडमा हुनेछन् । यसको निर्देशन महेश मांजरेकरले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप