शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले महाधिवेशन : पाँचथरबाट आठ प्रतिनिधि चयन

शनिबार, ०४ मङ्सिर २०७८, ०७ : ४७
शनिबार, ०४ मङ्सिर २०७८

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । ​खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन भएका छन् । महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन भएका छन् ।

यता, एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप