अमेरिकी सहायक विदेशमन्त्री स्वदेश प्रस्थान

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यका साथ बुधबार साँझ काठमाडौँ आएका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश प्रस्थान गरेका छन् ।
तीनदिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगै अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरणको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवलोकन गरेका थिए । सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र नायब शिष्टाचार महापाल रेवतीरमण पौडेलले बिदाइ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न