बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

शुक्रबार, ०३ मङ्सिर २०७८, २१ : ३५
शुक्रबार, ०३ मङ्सिर २०७८

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । ललितपुरको पाटनस्थित सत्यमोहन जोशीकै निवासमा पुगेर अनेसाकी केन्द्रीय अध्यक्ष गीता खत्री र सदस्य प्रा.डा खगेन्द्र लुइँटेलले सत्यमोहन जोशीलाई अनेसासको मानार्थ सदस्यता प्रदान गरी सम्मान गरेका हुन् । अनेसासले उहाँका नाममा एक हजार डलर राशिको सत्यमोहन जोशी पुुरस्कार स्थाना गरेको छ । 

कार्यक्रममा अनेसास नवरत्न पुरस्कार साहित्यतर्फ गङ्गा तिगल, शारदा पौडेल, गीता कार्की, शकुन ज्ञवाली, ममता कर्माचार्य, गायनतर्फ– सपना श्री, अभिनयतर्फ गौरी मल्ल, पत्रकारितातर्फ विमला भण्डारी र समाजसेवातर्फ बिना वर्मालाई प्रदान गरियो । खासगरी साहित्य, कला, गायन, पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नारी–रत्नलाई यो पुरस्कार प्रदान गरिने गरिएको अनेसा नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीले बताइन् ।

त्यसैगरी अनेसा मखमली–कमल महिला गीत सङ्गीत पुरस्कार सङ्गीतकार शकुन्तला प्रधान दिइयो । पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशी,​ गीता खत्री र सन्ध्या पहाडीले संयुक्त रुपमा प्रदान गरेका थिए । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नारी पुरुष बराबर भएको भनेर चर्चा गरे । नारीले १० महिना गर्भमा राखेर पुरुषलाई जन्म दिने भएकोले पुरुषले नारीको गर्भप्रति गर्व गर्नुपर्ने बताए ।

अनेसास ट्रस्टीकी केन्द्रीय अध्यक्ष गीता खत्रीले सत्यमोहन जोशीलाई  जिउँदो देउताको रुमा चर्चा गर्दै सम्मान गर्न पाउँदा गर्व लागेको बताइन् । उनले अनेसासको उद्देश्य साहित्य–कला क्षेत्रमा लुकेका नारी–प्रतिभाको खोजी गरी प्रोत्साहन र सम्मान गर्नुपर्नेसमेत धारणा राखिन् ।

कार्यक्रममा प्रा.डा खगेन्द्र लुइँटेल, गीता कार्की, शकुन्तला प्रधान, गौरी मल्ल, गङ्गा तिगल, लीला लुइँटेल, गीता खत्री लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

नवरत्न पुुरस्कार अनेसास केन्द्रीय समितिद्वारा प्रत्येक २ वर्षमा २५० डलर राशि र सम्मानपत्र प्रदान गरिन्छ । यसैगरी अनेसास कमल–मखमली गीत सङ्गीत पुरस्कार  नेपाल च्याप्टरले दिने  गर्दछ । याे पुरस्कारकाे राशि २५ हजार रुपैयाँ र सम्मान पत्रसहित वार्षिक रुपमा दिने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप