जबराको वार्ता प्रस्ताव खारेज, राजीनामा माग्दै देशैभरि आन्दोलन घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको वार्ता प्रस्ताव नेपाल बार एशोसिएसनले ठाडै अस्वीकार गरेको छ । जबराले तत्काल राजीनामा दिनुपर्ने मागसहित बारले एकहप्ते आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।
बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय भएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश जबराले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए ।
प्रधानन्यायाधीशको पत्र आएकै दिन बसेको नेपाल बारको बैठकमा वार्ताबारे कुनै छलफल नै नभएको बारका पदाधिकारीले बताएका छन् । बैठकपछि बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले रातोपाटीसँग भनिन्, ‘हामीले उहाँको राजीनामा नै मागिसकेका छौं, अब के वार्ता गर्छौं र ? त्यो पत्रबारे हामीले छलफल नै गरेनौं । उहाँकै राजीनामा मागिसकेपछि वार्तालाई हामीले प्राथमिकता नै दिएनौँ ।’
शुक्रबार बसेको नेपाल बारको बैठकले प्रधानन्यायाधीशको राजीनामाको मागलाई यथावत राख्दै थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । आइतबारदेखि शुरु हुने यो चरणका आन्दोलनका कार्यक्रम आगामी शुक्रबारसम्म देशैभरि सञ्चालन हुने बस्यालले जानकारी दिइन् ।
कालोपट्टि बाँधेर हुँदै आएका विरोधका कार्यक्रमहरु यथावत रहने र आन्दोलनलाई झनै कडा रुपमा लैजाने उपाध्यक्ष बस्यालले बताइन् । उनका अनुसार बारको बैठकले तय गरेका आन्दोलनका कार्यक्रम यस्ता छन्–
आइतबार – अदालतमा भएको प्रहरीहरुको प्रवेश र कानून व्यवसायीमाथि भएको ज्यादतीको विरोध गर्दै देशभरिका अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दा नहेर्ने ।
सोमबार– संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने ।
मंगलबार– अदालतमा कुनै पनि मुद्दाहरु दर्ता नगर्ने ।
बुधबार– देशभरिका १८ वटै उच्च अदालतहरूमा बारका केन्द्रीय प्रतिनिधिहरू पठाएर वृहत् विरोध सभा गर्ने ।
विहीबार र शुक्रबार– विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु