तीन लाख कार्यकर्ता निर्वाचित गर्दै नेकपा माओवादी केन्द्र

आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा माओवादी केन्द्रले शनिबार एकैपटक देशभरका वडा सम्मेलन गर्दै छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी मंसिर ४ गते देशभरका वडामा नेतृत्व चयन हुने र मंसिर ११ गते पालिका अधिवेशन गरेर नेतृत्व चयन गर्ने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडा र पालिकापछि मंसिर २५ गते प्रदेश सम्मेलन सम्पन्न गर्ने जानकारी दिए । त्यसक्रममा उनले निर्वाचन नियमावली र आचारसंहिता पारित गरि सोही अुनसार पार्टी कमिटीका नेता कार्यकर्ताहरूलाई अभिमुखीकरण तालिम दिएको बताए ।
त्यस्तै वडा, पालिका र प्रदेशस्तरीय निर्वाचन समितिहरु गठन गरिएको पनि सो पार्टीले जनाएको छ । प्रदेशमा ७, पालिकामा ५ र वडा तहमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको माओवादीले जनाएको छ । माओवादीले वडादेखि केन्द्रसम्मको निर्वाचन सम्पन्न गरेपछि करिव ३ लाख कार्यकर्ता विभिन्न तहमा निर्वाचित हुने जनाएको छ ।
त्यस्तै ८ हजार भन्दा बढि समितिहरु बन्ने तथा पार्टीलाई विधि, पद्दति र प्रक्रियाका आधारमा संगठित गर्दै नेपाली जनताका समस्याहरु समाधान गर्ने पार्टी निर्माण गर्ने योजना अन्र्तगत विभिन्न तहमा निर्वाचन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।
यसैबीच पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास माओवादी प्रवक्ता कृष्णबहादुर महराले गरेका छन् । वडा सम्मेलनको पूर्वसन्ध्यामा शनिबार प्रेस वक्तव्य जारी गर्दै प्रवक्ता महराले सम्मेलनको शुभकामनासहित देशमा आमुल परिवर्तनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको माओवादीले अंगालेको समाजवादको यात्रा पुरा गर्न जनताको तहदेखि नै परिवर्तन आवस्यक रहेको पनि बताएका छन् ।
पार्टीको वडा सम्मेलनमा कुनैपनि विभाजित मनोविज्ञान मानसिकता नराख्न पनि माओवादीले अपिल गरेको छ ।
प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वडा सम्मेलनमा कुनैपनि विभाजित मनोविज्ञान र मानसिकता नराखि एकतावद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ र रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत