रोजगारी गर्न बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारीमा सरकार
शुक्रबार, ०३ मङ्सिर २०७८, १९ : ११
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले रोजगारीका लागि स्टाफ नर्सलाई बेलायत पठाउने तयारी गरिरहेको बताए ।
उनले भने, ‘यतिबेला हामी बेलायत सरकारसँग छलफलको क्रममा छौं । उताको पक्षसँग कुराकानी भइरहेको छ । केही समयमै स्टाफ नर्स पठाउने विषयमा टुंगो लाग्छ ।’
बेलायतमा नेपाली कामदारका लागि रोजगारीको गन्तव्य खुलेमा सबैभन्दा उत्कृष्ट वैदेशिक रोजगारीको गन्तव्य मुलुक बन्ने बताइएको छ ।
यस्तै, श्रम सचिव सूर्यप्रसाद गौतमले पनि बेलायती पक्षसँग छलफल भइरहेको र निकट भविष्यमै स्टाफ नर्स पठाउने सम्बन्धी टुंगो लाग्ने बताए । उनले छलफलमा बेलायती पक्ष सकरात्मक रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी