शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

महाधिवेशनमा एमालेले दियो प्रधानमन्त्री देउवालाई निम्तो

शुक्रबार, ०३ मङ्सिर २०७८, १९ : ०५
शुक्रबार, ०३ मङ्सिर २०७८

नेकपा एमालेले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको १० औं महाधिवेशनमा आमन्त्रण गरेको छ । एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा  निम्तो दिएका हुन् ।

एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका छन् । देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताए । 'तपाईहरुलाई महाधिवेशनका लागि शुभकामना छ । तपाईंहरूको महाधिवेशनमा म आइहाल्छु नि । म नआएर हुन्छ ?,’ देउवाले भनेका थिए । एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप