मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राउत, एकीकृत समाजवादीका दुई मन्त्रीको आइतबार शपथ
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सरकारले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम टुंगो लगाएसँगै राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
एकीकृत समाजवादीबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादव पार्टीको तर्फबाट सरकारमा सहभागी हुने निर्णय भएको प्रदेश इन्चार्ज धर्मनाथ साहले पुष्टि गरे । उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेर आइतबार दिउँसो शपथ गराउने तयारी भएको छ ।
मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई दुई दिनअघि पदमुक्त गरेका थिए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा सत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रीमा प्रमोद यादव रहने जनाइएको छ ।
मुख्यमन्त्री राउतले अहिलेसम्म कानुन, न्याय तथा प्रदेश सभा मामिला र बाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफैले सम्हाल्दै आएका छन् । तत्कालिन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बर्खास्त गरेपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालयसम्म बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण