शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राउत, एकीकृत समाजवादीका दुई मन्त्रीको आइतबार शपथ

शुक्रबार, ०३ मङ्सिर २०७८, १८ : ०१
शुक्रबार, ०३ मङ्सिर २०७८

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सरकारले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम टुंगो लगाएसँगै राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

एकीकृत समाजवादीबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादव पार्टीको तर्फबाट सरकारमा सहभागी हुने निर्णय भएको प्रदेश इन्चार्ज धर्मनाथ साहले पुष्टि गरे । उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेर आइतबार दिउँसो शपथ गराउने तयारी भएको छ । 

मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई दुई दिनअघि पदमुक्त गरेका थिए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा सत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रीमा प्रमोद यादव रहने जनाइएको छ ।

मुख्यमन्त्री राउतले अहिलेसम्म कानुन, न्याय तथा प्रदेश सभा मामिला र बाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफैले सम्हाल्दै आएका छन् । तत्कालिन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बर्खास्त गरेपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालयसम्म बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप