बैंकिङ कसुरमा ३० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
शुक्रबार, ०३ मङ्सिर २०७८, १७ : १९
बैंकिङ्ग कसुर मुद्दामा ३० लाख जरिवाना तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ घर भएका अन्दीराम इजम लिम्बूलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका लिम्बूलाई उच्च अदालत पाटनले २०७६ मंसिर १० मा ५ दिन कैद र ३० लाख जरिवाना हुने फैसला गरेको थियो । उनलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्युरोका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । २०७४ पुसमा लिम्बूले जाहेरवालालाई दिएको सिद्धार्थ बैंकको चेक बाउन्स भएको थियो ।
ब्यूरोले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी