सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको वडा अधिवेशनको तयारी पूरा

शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : ५३
शुक्रबार, ०३ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिबार देशभर वडा अधिवेशन गर्दैछ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट शनिबार बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।

सोही क्रममा कास्कीका पाँच पालिकाका ७२ वटै वडामा एकै पटक अधिवेशन हुने भएको छ । पार्टीको निर्देशनअनुसार तोकिएको समयमै सबै वडामा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको माओवादी केन्द्रका पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले जानकारी दिए । उनका अनुसार कास्कीका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने छ ।

सर्वसहमतिमा नेतृत्व चयन नभएको अवस्थामा निर्वाचन प्रक्रियाबाट निर्वाचन गरिने उनले बताए । कास्कीमा माओवादी केन्द्रको सदस्यको संख्या १० हजार ३८३ पुगेको छ । माओवादीले सदस्यता नवीकरणको काम सकेर वडा र पालिका अधिवेशनको तयारी गरेको हो ।

राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले निर्धारित समयभित्रै पोखरा महानगरपालिका र चार गाउँपालिकामा पार्टी सदस्यता नवीकरण गराएको पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण)ले बताए । उनका अनुसार यसअघि कास्कीमा माओवादी केन्द्रका ८ हजार २०० जना पार्टी सदस्य थिए । अहिले त्यो संख्या बढाएर १० हजार ३८३ पुर्याइएको हो ।

इन्चार्ज करणले पछिल्लो समय पार्टीमा युवा, महिलासहित उत्पीडित समुदायको आकर्षण बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप