आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नबिल बैंक हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : ५०
शुक्रबार, ०३ मङ्सिर २०७८

आज (मंसिर ३) देखि काठमाडौंको हयात रिजेन्सी होटलमा शुरू १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगितामा नबिल बैंक आधिकारिक बैंकिङ पार्टनर तोकिएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला तथा प्रतियोगिता आइतबारसम्म जारी रहनेछ । 
नबिल बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । महासंघसँग नबिल बैंकले तेस्रोपटक बैंकिङ पार्टनरशीप गरेको हो । 
एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागी हुन पाउँदा र्गवभान्वित महसुश गरेको बैंकका साना तथा मझौला उधम तथा लघुवित्त कर्जा विभागका प्रमुख डनिलले बताए । साथै, यस वर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुर्नरुत्थान गर्न आर्थिक पहुँच पु¥याइ दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुने समेत उनले दाबी गरे ।
नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरुमा महासंघ संग नेपालको अग्रणी नबिल बैंक लिमिटेडले निरन्तर रुपमा गरिआएको सहयोग र सहकार्यले उद्यमि एवं समस्त हस्तकला व्यवसायलाई उर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप