शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : ४७
शुक्रबार, ०३ मङ्सिर २०७८

सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । 
खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दु:ख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप