कक्षा १२ को नतिजा छिटो प्रकाशित गर्न शिक्षामन्त्रीको निर्देशन
शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : ४४
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् । उनले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको बताउँदै प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न समेत कर्मचारीलाई निर्देशन दिए ।
शुक्रबार अनुगमनका गर्न सानोठिमी पुगेका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएकोप्रति संवेदनशील बन्न पनि कर्मचारीलाई आग्रह गरे ।
‘परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ’ उनले भने, ‘यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी संवेदनशील हुनुस् ।’
परीक्षा बोर्डमा भएका समस्याहरुको टिपोट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन पनि मन्त्रीले कर्मचारीलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा
-
मेगा अक्सनपछि आईपीएलमा सहभागी टोलीहरूको अवस्था
-
पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स