शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा यसरी मनाइयो गुरु नानक जयन्ती (तस्बिरहरु)

शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : ४२
शुक्रबार, ०३ मङ्सिर २०७८

काठमाडौं उपत्यकामा रहेका शिख धर्मावलम्बीहरुले विभिन्न गुरुद्धारामा भेला भएर गुरु नानक जयन्ती मनाएका छन् । ललितपुरको कुपण्डोलस्थित गुरुद्धारामा धुमधामका साथ उनीहरुले गुरु नानकलाई सम्झिएका हुन् । त्यसैगरी, काठमाडौँको पशुपति तथा म्हहिपीमा रहेका गुरुनानक मठमा पनि गुरु नानक जयन्ती मनाइएको छ । 

विश्वभरि छरिएर रहेका शिख धर्मावलम्बीहरुले गुरुद्वारामा गएर भव्य रुपमा आराधना गर्ने गरेका छन् । शिख समुदायले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व भनेर मनाउने गर्दछन् । आजको दिन गुरुद्वारा तथा मठहरूमा शिख धर्मालम्वीहरुको पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिब पढ्ने पढाउने गरिन्छ । गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । गुरु नानकलाई मानवता धर्म र सर्वशक्तिमान इश्वर एक मात्र छन् भन्ने धार्मिक दर्शनका प्रवर्तक मानिन्छ ।

ललितपुरको गुरुद्वाराका केही तस्बिरहरु  ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप