गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको हो ।
भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।
भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी थिए । त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । उनी दुई दिने भ्रमणका लागि बुधबार नेपाल आएका थिए ।
भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिए । उनले अमेरिकी सरकारले कोभिड पश्चात अर्थतन्त्रको पुनरुत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण