शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा शंकर पहाडी

शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : १७
शुक्रबार, ०३ मङ्सिर २०७८

प्रेस सेन्टर नेपाल सर्लाहीको अधिवेशनबाट शंखर पहाडी ‘गौरव’को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । शुक्रबार सर्लाहीको बागमतीमा भएको प्रेस सेन्टर नेपाल सर्लाहीको प्रथम अधिवेशनबाट अध्यक्षमा गौरवलाई सर्वसम्मत चयन गरिएको हो ।

संगठनको खुल्ला उपाध्यक्षमा शर्मिला रमौली, समावेशी उपाध्यक्षमा राजेश थापा, सचिवमा रमेश अधिकारी (रितिक), सहसचिवमा राधेश्याम कुशवाह, समावेशी सहसचिवमा विनु जिम्वा र कोषाध्यक्षमा दुर्गा कुमारी अधिकारीलाई सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा निकिता आस्थानी मगर, तिलक कार्की, स्वस्तीका दाहाल, गणेश खड्का, राजेश थापा, विमल नगरकोटी (अभिषेक), ज्योति लामा, घनश्याम बलम्पाकी, चन्द्र जिम्वा, रामनारायण साह, रोहित पटेल, मोहन नेपाल, असोज यादव, सरोज यादव, जितेन्द्र कुशवाह, हरि निरौला र मुशेक मिश्रलाई चयन गरिएको छ ।

भक्ति रिजालको अध्यक्षतामा भएको प्रथम अधिवेशनमा प्रेस सेन्टर नेपाल प्रदेश २ का संयोजक किरण कर्ण, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकी, बागमती नगरपालिकाका नगर प्रमुख भरत थापा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्दन पोख्रेल लगायतले शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप