बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको दशौं महाअधिवेशनमा कास्कीबाट ३१ जना प्रतिनिधि सहभागी हुने

शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : ०६
शुक्रबार, ०३ मङ्सिर २०७८

नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा कास्कीबाट ३१ जना प्रतिनिधि सहभागी हुने भएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा भाग लिन कास्कीबाट खुलातर्फ २१, महिलातर्फ ६ र दलित तथा जनजातिबाट ५ जना प्रतिनिधि छानिएका छन् ।

खुलातर्फ दामोदर बैरागी, कृष्ण थापा, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी र दीपक पौडेल महाधिवेशन प्रतिनिधि चयन भएका छन् । त्यसैगरी पुष्पज्योति ढुंगाना, विजय सुवेदी, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री, नवराज ओझा, विष्णुबहादुर केसी, जगन्नाथ बास्तोला, शंकरनाथ पौडेल, गंगा कुँवर र वेदबहादुर गुरुङ पनि खुलाबाटै महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन् ।  

महिलातर्फ विद्या भट्टराई, प्रभा कोइराला, मन्जु गुरुङ, सुशीला पराजुली, शोभा बराल पहारी र सन्तुदेवी सुवेदी चुनिएका छन् ।

दलिततर्फ धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप