शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : कैलालीका १३ मध्ये ११ पालिकाको नेतृत्वमा देउवा पक्ष

शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : ०२
शुक्रबार, ०३ मङ्सिर २०७८

कैलाली १३ स्थानीय तहमध्ये ११ वटामा संस्थापन पक्षले नेतृत्व हात पारेको छ । हालै सम्पन्न पालिका अधिवेशनमा कैलालीका ११ स्थानीय तहमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् भने दुई वटा स्थानीय तहमा संस्थापन इतर पक्षले नेतृत्व हासिल गरेको छ ।

कैलाली काँग्रेसका प्रचार प्रसार समिति संयोजक नृप सुनारका अनुसार गोदावरी नगरपालिकामा पौडेल पक्षका बिरबहादुर चोखाल र घोडाघोडी नगरपालिकामा बमबहादुर सिंह विजयी भएका छन् ।

यस्तै, धनगढी उपमहानगरपालिकामा यज्ञराज उपाध्याय, मोहोन्याल गाउँपालिकामा कमल साउद, चुरे गाउँपालिकामा हेम शाह, लम्की चुहा नगरपालिकामा ईन्द्र कुँवर विजयी भएको सुनारले जानकारी दिए । उनका अनुसार यी सबै संस्थापन पक्षका हुन् ।

संस्थापन पक्षबाटै जानकी गाउँपालिकामा गणेश रेग्मी, टीकापुर नगरपालिकामा नरेश खत्री, भजनी नगरपालिकामा नवराज मिश्र, जोशीपुर गाउँपालिकामा बंशीराम चौधरी, गौरीगंगा नगरपालिकामा पहलविक्रम चन्द, बर्दगोरीया गाउँपालिकामा कृष्ण बिष्ट, कैलारी गाउँपालिकामा कृष्ण चौधरी सभापतिमा विजयी भएका छन् ।

सुनारका अनुसार धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिएको छ भने अन्य ९ पालिकामा निर्वाचन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप