शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विरोध प्रदर्शनमा हस्तक्षेप गरिएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) को आपत्ति

शुक्रबार, ०३ मङ्सिर २०७८, १५ : २७
शुक्रबार, ०३ मङ्सिर २०७८

नेकपा (क्रान्तिकारी माओवादी)ले अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शनका क्रममा आफ्ना कार्यकर्तामाथि प्रहरीद्वारा हस्तक्षेप गरिएको भन्दै आपत्ति जनाएको छ । विरोध प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको र आफ्ना कार्यकर्तालाई गिरफ्तार गरिएको सो पार्टीले जनाएको छ ।

शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) को आयोजनामा दक्षिण तथा मध्य एसियाको मामला हेर्ने अमेरिकी राज्य सहायक मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विरोध र एमसीसी परियोजना खारेजीको मागसहित अमेरिकी दूतावास अगाडि आयोजित प्रदर्शनमाथि सरकारले प्रहरी हस्तक्षेप गरी पार्टीका विभिन्न नेता कार्यकर्तालाई गिरफ्तार गरेको सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले जनाएका छन् ।

महासचिव वैद्यका अनुसार अमीर महर्जन, खगेन्द्र छन्त्याल, टेकबहादुर विक, जगदीश्वर महर्जन, राधाकृष्ण थापा, शोभा विक, हरि विक, शंकर बोहोरा, शमशेर विक लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ । ‘एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराउनका लागि नेपालका प्रधानमन्त्री लगायत संसदवादी पार्टीका नेताहरूमाथि दबाब दिन नेपाल भ्रमणमा आएका अमेरिकी सहायक मन्त्रीको विरोधमा प्रदर्शन गर्ने पार्टीका कमरेडहरूमाथि गरिएको दमन तथा गिरफ्तारीको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ,’ महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै गिरफ्तारीमा परेका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अविलम्ब रिहा गर्न सरकारसित जोडदार माग गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप