बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बुर्तिवाङ दुर्घटनामा बालकको मृत्यु

शुक्रबार, ०३ मङ्सिर २०७८, १५ : १७
शुक्रबार, ०३ मङ्सिर २०७८

बागलुङको बुर्तिबाङमा  ग २ च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।  तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो । 

प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दुर्घटनामा  ढोरपाटन–१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन–६ का ३० वर्षीय विष्णुप्रसाद सापकोटा, ढोरपाटन–५ का ४७ वर्षीया सक्रेनी घर्ती, ढोरपाटन–५ कै ५० वर्षीया नरमला घर्ती, ढोरपाटन–१ का ४८ वर्षीय लेविन्द्र कुँवर र ढोरपाटन–७ का ९ का आकाश घर्ती घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप