
प्रधानन्यायाधीश हटाउन वकिलले गुहारे राजनीतिक दल

नेपाल बार एसोसिएसनका वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउनका लागि प्रक्रिया अघि बढाउन राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् ।
शुक्रवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालन भएको आरोप लगाए ।
उनले भने, ‘प्रधानन्यायाधीशसँग न दिमाग छ, न मन छ, न आत्मा छ । प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन् । यो प्रधानन्यायाधीशले यहाँ जे सहमती गर्छ, म अन्य मान्य न्यायाधीशहरूलाई पनि अनुरोध गर्न चाहान्छु, यो प्रधानन्यायाधीशले तपाईहरुसँग गरेका कुनैपनि सहमति त्यो भूमिगत गिरोह, विचौलियाको नाइके, प्रतिकार समुहकोमा पुग्नुभन्दा अगाडिसम्म मात्रै कायम रहन्छ । यस्तो प्रधानन्यायाधीशलाई हामी प्रधानन्यायाधीश मान्न सक्दैनौँ ।’
यसैगरी वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरूलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गरे ।
बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको बताउ । प्रधानन्यायाधीशले जनताको लागि इजलास चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेको जिकिर गरे ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ