शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मोटर ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु

शुक्रबार, ०३ मङ्सिर २०७८, १४ : ४२
शुक्रबार, ०३ मङ्सिर २०७८

 रौतहटको कटहरिया बजारस्थित एक ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । हावा भर्ने ट्याङ्की पड्किँदा मोटर ग्यारेज सञ्चालक कटहरिया–५ का गोबरी मियाँका २० वर्षीय छोरा समसुल मियाँको मृत्यु भएको हो ।

अचानक ट्याङ्की पड्किँदा उछिट्टिएको फलामको टुक्राले टाउकोमा लागेर घाइते भएका मियाँलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं सई बिरेन्द्र यादवले बताए ।

सोही घटनामा २५ वर्षीय जैसी यादव भने घाइते भएका छन् । उनको दाहिने हातमा गम्भीर चोट लागेको छ । यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप