बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालबीच साझेदारी

शुक्रबार, ०३ मङ्सिर २०७८, १४ : ३१
शुक्रबार, ०३ मङ्सिर २०७८

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारी घोषणा गरेका छन् । स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले कन्चनपुरका पूर्व हलियाहरूसमेत मोरङ र सप्तरीका २५० परिवारलाई  खाद्य र आधारभूत सरसफाइका  सामग्रीहरू बाँड्नेछन् ।

मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई  ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाको लागि चामल, दाल, खाने तेल, नुन लगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू बाँड्ने भएको हो । ‘कोभिड–१९ को महामारीबीच नेपालका परिवारहरूका आकस्मिक आवश्यकता सम्बोधन गर्न राहतका सामग्रीहरू वितरण गर्ने काम जारी राखेको छ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालसँगको साझेदारीबाट हामीले देशका  विपन्न परिवारहरूको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने सक्नेछौं भन्ने आशा लिएका छौं,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने ।

‘हामी मेटलाइफको सहयोगप्रति कृतज्ञ छौँ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड–१९ महामारीको दौरान सयौँ परिवारलाई आश्रयको लागि खाद्य कार्यक्रममार्फत सहयोग गरेको छ । हाल अस्थायी टहरामा बसिरहेका १४५ परिवारको लागि घर हुनेछ, जसले सकेसम्य छिटो आफ्नो घर निर्माण गर्नुपर्नेछ । मेटलाइफको यस सहयोगले आफ्नो परिवारलाई दिनहुँ  गुजारा  गराउने बाध्यताबाट मुक्त गराइ घर निर्माणमा केन्द्रित  हुन सहयोग गर्नेछ,’ ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका राष्ट्रिय निर्देशक क्रिस्टी स्टिक्नीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप