सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजनाबाट १० जना लखपति
सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत १० जना व्यक्ति लखपति बनेका छन् । २०७८ सालको दसैं, तिहार र छठ पर्व लक्षित गर्दै सिटीले यो योजना सञ्चालन गरेको थियो ।
विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना योजनाको अन्तिम लखपति बनेका सिटी एक्स्प्रेसले जानकारी दिएको छ
सिटीले गत भदौ ३१ गते ६१ दिन लामो ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो । उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाइ १० हजार रुपैयाँ उपहार प्रदान गरिएको सिटी एक्सप्रेसले जनाएको छ । हरेक महिना ५ जनालाई एक लाख रुपैयाँका दरले दुई महिनाभित्र १० जना लखपति बन्न सफल भएका हुन् ।
कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या