काँग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन आज ५७ जिल्लामा, कहाँ–कहाँ बाँकी रह्यो ?
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु भएको छ । निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार पर्वत, सोलुखुम्बु र डोल्पामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भइसकेको छ । सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने आज प्रदेश अधिवेशन सुरु हुन सकेको छैन ।
उनले भने, ‘१४ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । तीन जिल्लामा रोकिएको छ । तीन जिल्ला प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सकिएको छ । यो आज बाँकी ५७ जिल्लामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन भइरहेको छ ।’
५७ जिल्लामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिलाई जानकारी आएको उनले बताए । पोखरेलले भने, ‘निर्वाचन समितिको सचिवालयले निर्वाचन अधिकृतसँग सम्पर्क गरिरहेको छ । सबै ठाउँमा स्मुथली काम भइरहेको छ ।’ सर्लाही, सिन्धुपाल्चोक र रसुवामा पनि निर्वाचन प्रतिनिधि भइसकेको बताए ।
उनले भने, ‘सिन्धुपाल्चोकको तीन वटा वडा अधिवेशन बाँकी छ । तीन टा वडा अधिवेशन हुन्छ । मंसिर ६ गते प्रदेश निर्वाचन अधिवेशन हुने छ । सर्लाही र रसुवामा नयाँ तालिका सार्वजनिक हुन्छ ।’
काँग्रेसले संखुवासभा, कालीकोट, दोलखा, मुस्ताङ, रुकुम पूर्व, गोरखा, बाजुरा, ताप्लेजुङ हुम्ला, रामेछाप, मुगु, बझाङ, म्याग्दी र मनाङमा भने जिल्ला अधिवेशन नै सम्पन्न भइसकेको छ ।
३ सय ३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।
प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका पालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि ले प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदान गर्दै छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका पालिका र वडा सभापति पनि मतदाता हुने व्यवस्था छ ।
सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवारले पनि मतदान गर्ने छन् ।
यस्तै पालिका अधिवेशनबाट निर्वाचित अपांगता भएका प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिले मतदाता हुन पाउने व्यवस्था छ । उनीहरुले प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिने छन् ।
कोषाध्यक्ष भने कार्यसमितिमा आएका १६ जना प्रतिनिधि मध्येबाट मनोनयन गरिनेछ । सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल–माथि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण