कट्टुमा लुकाएर ल्याएको २ किलो सुनसहित दुई युवा पक्राउ
शुक्रबार, ०३ मङ्सिर २०७८, १३ : ०७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।
उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो ।
दुबई विमास्थलमा सुन पठाउने समुहले ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण