शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फरार प्रतिवादी पक्राउ

शुक्रबार, ०३ मङ्सिर २०७८, १३ : ०५
शुक्रबार, ०३ मङ्सिर २०७८

प्रहरीले हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ । देवघाट गाउँपालिका–२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए । मगरलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतसमक्ष पेस गरिएको छ । उनलाई बाँकी कैद भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

जिल्लामा पछिल्लो समय चोरी, डकैती, लागूऔषध दुर्व्यसनीले र सवारी दुर्घटनामा न्यूनीकरण आएको प्रहरीले जनाएको छ । सवारीसाधन जाँचमा तीव्रताका साथै प्रहरीले गस्तीसमेत बढाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप